हेटौंडा । हेटौंडा–६, शान्तिटोलमा रहेको शान्तिटोल विकास संस्थाको २४ औं वार्षिक साधारणभा शनिवार सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता एवम् संस्थाका अध्यक्ष केशव धितालको अध्यक्षतामा साधारणसभा भएको थियो ।
साधारणसभामा संस्थाका अध्यक्ष केशव धितालले संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै संस्थालाई नगरको उत्कृष्ठ टोल विकास संस्था बनाईने बताए । यस आवमा संस्थाले बाल क्लव, ज्येष्ठ नागरिक र महिला उपसमूह बनाईने, बचत तथा ऋण कार्यक्रमलाई प्रभावकाी बनाईने, सरसफाई, विद्युतीकरण, स्थानीय क्षेत्रको मठ, मन्दिर, पार्कलाई ब्यवस्थित गरिने, सडकको दायाँबायाँ वृक्षारोपण, विभिन्न क्षेत्रका उत्कृष्ठ ब्यक्तिहरुलाई सम्मान गरिने प्रतिवेदनमा उल्लेख गरेका छन । यसैगरि पुस्तकालय परिचालन, कार्यालय ब्यवस्थापन, ज्येष्ठ नागरिक तिर्थाटन, विपन्न बर्गलाई सहयोग, छात्रवृति, धार्मिक गतिविधी सञ्चालन लगायतका काम गरिने अध्यक्ष धितालले बताए ।
साधारणसभाको बन्दसत्रले पुनः केशव धितालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा अप्सरा क्षेत्री, सचिवमा प्रदीप ढुङगाना, सहसचिवमा मिलन सापकोटा र कोषाध्यक्षमा पूर्णभद्र चौलागाई सर्वसम्मत चयन भएका छन । यसैगरि सदस्यहरुमा श्रीदेवी दुलाल, अम्विका बत्तौैला, कोपिला सापकोटा,केशव सापकोटा, यादव सापकोटा र सन्देश सापकोटा चयन भएका छन ।
यसैगरी बचत तथा ऋण उपसमितिको संयोजकमा पूर्णभद्र चौलागाई, सदस्यहरुमा अप्सरा सापकोटा, हेमाकुमारी तिमल्सिना,सुमित्रा दुलाल, अमिता लामिछाने, अनिसा श्रेष्ठ र पदेन सदस्यमा संस्थाका अध्यक्ष रहेका छन । भेलाले तिर्थ खड्का संयोजक रहने गरी ३ सदस्यीय लेखा समिति समेत चयन गरेको छ । समितिको सदस्यमा रिता अधिकारी र यसोदा भट्टराई रहेकी छिन् ।
साधारणसभामा हेटौंडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, वडा सदस्य विजय पौडल, लेखराज ढकाल, संस्थाका पूर्व अध्यक्ष बासुदेव सापकोटा, तेजनाथ ढकाल, नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, जिल्ला अध्यक्ष मणीराज गौतम, बागमती प्रदेश पार्षद सुनिल शिवाकोटी, नेपाल चलचित्र पत्रकार संघ, मकवानपुर अध्यक्ष कपिल खड्का, बामगती प्रदेश दुग्ध विकास बोर्डका सञ्चालक सदस्य बासुदेव अधिकारी, कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी, टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष विष्णुुप्रसाद ढुङगाना, टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा–६ का अध्यक्ष बासुदेव खतिवडा, सचिव राजकुमार फुयाँल, नवजीवन ज्योति क्लबका अध्यक्ष राजकुमार बास्तोला,संस्थाका सचिव भरत सापकोटा, प्रहरी चौकी चौघडाका ईन्चार्ज विष्णुप्रसाद दाहाल लगायतको आतिथ्यता थियो ।
संस्थाको आफनै सुुविधा सम्पन्न २ तल्ले भवन रहेको छ भने पुस्तकालय, कम्युप्टर, ईन्टरनेट, मन्दिर लगायतका सुविधा रहेको यस टोल विकास संस्थामा १ सय २० घरधुरी आवद्ध रहेका छन ।


भीमसेन पौडेल 








प्रतिक्रिया दिनुहोस्