हेटौंडा । हेटौंडा–११ सिमलटार स्थित राप्ती खोलामा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । शनिवार दिउँसो राप्ती खोलामा डुबेको अवस्थामा शव रहेको खबर पाए लगतै जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले शवलाई निकालेको थियो ।
शव हेटौंडा–११ थानाभर्याङ बस्ने ४५ बर्षीय कुमार भारतीको रहेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले जानकारी दिए । शवको सनाखत निजकी श्रीमतीले गरेको डिएसपी कार्कीले बताए ।
शवलाई पोष्र्टमाटमका लागि हेटौंडा अस्पताल लगिएको छ । स्थानीयले पानीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।













प्रतिक्रिया दिनुहोस्