हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ संगम चोकमा रहेको ज्ञानोदय बाल बाटिका एकेडेमीमा योग शिक्षा तथा जीवनउपयोगी शिक्षाका बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पतंजलि योग समिति मकवानपुरको समन्वयमा बिद्यालय प्राङ्गणमा भएको कार्यक्रममा पतंजलि योग समिति नेपाल युवा समितिका केन्द्रीय संयोजक गुरुज्यु लोकनाथ खनालले प्रशिक्षण दिएका थिए ।

बिधालयका संस्थापक प्राचार्य बिन्दु गोर्खालीको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा बिद्यालयको कक्षा ९ र १० मा अध्ययन गर्ने छात्रछात्राहरुको सहभागिता रहेकोे थियोे ।

कार्यक्रममा योग गुरु खनालले बिद्यार्थी जिवनमा योगले पुर्‍याउने फाईदा, बिद्यार्थीहरुले खानपिनमा दिनुपर्ने ध्यान लागएतका बारेमा जानकारी गराएका थिए ।

बिद्यालयका प्राचार्य गोर्खालीले यसखाले प्रशिक्षणमा बिद्यार्थीहरुलाई महत्वपूर्ण सहयोग पुग्ने बिश्वास व्यक्त गरे । कार्यक्रममा पतंजलि योग समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापा, बिद्यालयका संचालक संजय सुबेदी, अतिरिक्त क्रियाकलाप संयोजक प्रितेश कलावर, कपिल भन्डारी, भिम प्रधान लगाएको उपस्थिति रहेकोे थियो ।