हेटौँडा । ज्येष्ठ नागरिक मञ्च वडा समन्वय समिति हेटौँडा–६ को साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको बन्दसत्रले टेकनाथ पहाडीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा मायादेवी सार्की, सचिवमा शान्ति कुँवर र कोषाध्यक्षमा रामकृष्ण राई चयन भएका छन। त्यसैगरी सदस्यहरूमा पार्वती मिश्र, घनप्रसाद सापकोटा र पूर्णबहादुर राई चयन भएका हुन ।

साधारणसभा हेटौँडा उपमहानगरपालिका–६ का कार्यवाहक वडा अध्यक्ष विजय पौडेलको प्रमुख आतिथ्य तथा मञ्चका अध्यक्ष बासुदेव सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिका सामाजिक समावेशीकरण शाखा प्रमुख मन्दिरा थापा, ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष हरिप्रसाद सिग्देल, ज्येष्ठ नागरिक मञ्च नगर अध्यक्ष रामचन्द्र ढकाल, टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा–६ का अध्यक्ष बासुदेव खतिवडा, सचिव राजकुमार फुयाँल तथा ज्येष्ठ नागरिक मञ्च वडा समन्वय समिति हेटौँडा–६ की सचिव जीवकुमारी पौडेललगायतको आतिथ्यता रहेको थियो । हेटौँडा उपमहानगरपालिका वडा नं. ६ मा आठ सयभन्दा बढी ज्येष्ठ नागरिक रहेको वडा कार्यालयले जनाएको छ ।

भीमसेन पौडेल
थप जानकारी