हेटौंडा । जनता समाजवादी (जसपा) नेपाल जिल्ला कार्यसमिति मकवानपुरको अध्यक्षमा सोम बहादुर घलान चयन भएका छन् । बुधबार हेटौंडामा भएको पार्टीको जिल्ला पुनर्गठन घोषणा कार्यक्रमले जसपा नेपाल मकवानपुरको अध्यक्षमा घलानलाई सर्वसम्मत चयन गरेको हो ।

घलानको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन भएको छ । समितिको उपाध्यक्षहरुमा योग बहादुर ब्लोन, दीपक सिन्तान, देव राज स्याङ्तन, सचिवमा सुबोध घलान, सह–सचिवहरुमा पर्वत स्याङ्बो, ग्रबे्रल च्योबाङ र कोषाध्यक्षमा रिता सार्की चयन भए ।

यस्तै सदस्यहरुमा वीरेन्द्र गोले, सन्त लोप्चन, मान बहादुर माझी, सुजन तामाङ, हर्क प्रजा, जेम्स प्रजा, राजकुमार घिमिरे, जित मान सिं वाईबा, सीता तामाङ, रन्जु गोम्जा, राधिका सिन्तान र जुरे बहादुर घिसिङ चयन भए ।