हेटौंडा । हेटौंडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा शनिवार नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । समुहको चालु आव. ०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तालिमको आयोजना गरिएको हो ।

वन समूहको कार्यसमितिका पदाधिकारी, लेखा समिति, सल्लाहकार, कर्मचारी, महिला उपसमिति र उपभोक्ताहरुको क्षमता विकास गरि समूह सञ्चालनमा सहजता ल्याउन तालिमको आयोजना गरिएको हो ।

तालिममा राष्ट्रिय सहकारी बैंक हेटौडा शाखा प्रमुख रामेश्वर अर्याल र नेपाल पत्रमार महासंघ, बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलालले सहजीकरण गरेका थिए । हेटौंडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम वन समूहका उपाध्यक्ष् केशव धितालको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, वन समूहका सल्लाहकार बलराम अधिकारी, कार्यसमिति, लेखासमिति, सल्लाहकार, महिला उपसमिति, कर्मचारी र उपभोक्ता समेत गरि ३५ जनाको सहभागिता थियो ।

भीमसेन पौडेल
थप जानकारी