हेटौंडा । हेटौंडा–६ चौघडामा रहेको वनजीवन ज्योति क्लवले नयाँ वर्ष २०८० को अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा २७ जनाले रक्तदान गरेका थिए ।

बागमती प्रदेशका सांसद एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता एवम क्लबका अध्यक्ष राजकुमार बास्तोलको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा हेटौंडा–६ का वडा सदस्य लेखराज ढकाल, मुना विक., क्लवका पूर्व अध्यक्ष गणेश कुमार श्रेष्ठ, श्याम प्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष श्रीराम पुडासैनी, नेपाली काँग्रसका ६ नं. वडा सभापति रामहरि तिमल्सिना, नेकपा एमाले वडा अध्यक्ष विश्वराज राई, नेकपा माओवादी वडा ईन्चार्ज होमनाथ गोतम, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, क्लवका सचिव राजकुमार फुयाँल, क्लवका पदाधिकारी, स्थानीय लगायतकाके सहभागिता थियो ।