हेटौंडा । हेटौंडामा बेकरी सामान बोकेको भ्यानले पैदल यात्रीलाई ठक्कर दिएको छ । हेटौंडा–१० राप्तीरोडबाट थानाभर्याङ तर्फ जाँदै बा १७ च ७७७९ नम्बरको बेकरी सामान बोकेको भ्यानले पैदल यात्री हेटौंडा–१० बसपार्क बस्ने ५३ बर्षीय अशोक साहीलाई ठक्कर दिएको हो ।

घाईते साहीको टाउको र शरिररको बिभिन्न भागमा चोट लागेको छ । मकवानपुर सहकारी अस्पताल हेटौंडा उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्कर दिने भ्यान र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।