हेटौंडा । हेटौंडामा सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१९, बस्तीपुर बस्ने अन्दाजी ३५ वर्षीय सोनु कँडेलले सर्पको डसाईबाट मृत्यु भएको हो ।
आइतबार बिहान कँडेलले घर नजिकैको जङ्गलबाट सर्प घर ल्याएका थिए र सर्पलाई खेलाउने क्रममा सर्पले डसेको मकवानपुर प्रहरीले जनाएको छ । सर्पको डसाइबाट गम्भीर उनको उपचारका क्रममा अपरान्ह हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्