हेटौंडा। जग्गा दृष्टिबन्धकीबाट पीडित मकवानपुरको हेटौंडा-१३ का जगतबहादुर सुनारका परिवारले जग्गा फिर्ताको माग गर्दै विगत ६ महिनादेखि अर्थात १ सय ७० दिनदेखि दिँदै आएको धर्ना कार्यक्रम भोलि बिहीबारबाट केहिदिनलाई स्थगित गरेका गर्ने भएका छन् ।
सुनारको परिवारले हेटौंडा स्थित बुद्धचोक नजिकै घर भएका व्यवसायी नियमराज शाक्यविरुद्ध उनकै घरमा शान्तिपूर्ण धना दिँदै आएका थिए । तर पछिल्लो केहिदिन यता सुनारको स्वास्थ्यमा समस्या आएको र जिल्ला अदालतले पनि आउँदो जेठ ७ गते अदालतमा दुबै पक्षलाई मेलमिलापमा गर्न उपस्थित हुन बोलाएपछि हाललार्ई धर्ना कार्यक्रम स्थगित भएको बताइएको छ । सुनारको शान्तिपूर्ण धर्ना र उनको न्यायको पक्षमा विभिन्न सामाजिक अभियन्तादेखि राजनीतिक दलहरुले समेत एक्केबद्धता जनाउँदै आएका छन् ।
हेटौंडा स्थित न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गदै पीडित सुनारले अझै पनि आफूले न्याय पाउने आशा रहेको जनाउँदै आफ्नो धर्नामा साथ दिने सामाजिक अभियन्ता र राजनीतिक दलहरु लगाएत सम्पूर्ण न्यायप्रेमिहरुलाई धन्यवाद व्यक्त गरे । उनले जिल्ला अदालतले जेठ ७ गते मेलमिलापको लागि आउन भनेको बताउँदै त्यतिन्जेलको लागि धर्ना कार्यक्रम स्थगित गरिएको बताए । उनले आफू शाक्यसँग मेलमिलाप गरेर समस्या समाधान गर्ने पक्षमा रहेको उल्लेख गर्दै शाक्यलाई पनि मेलमिलापमा आउन अनुरोध गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै सामाजिक अभियन्ता तथा धर्नामा सहभागि बन्दै आएका विशालराज महतले आफूहरु जगतबहादुरको धर्नालाई बीचमै नछोड्ने प्रतिबद्धता व्यक्त गरे । उनले जगतबहादुरको स्वास्थ्यमा समस्या देखिएको र अदालतले पनि जेठ ७ गते मेलमिलाप गर्न बोलाएको भन्दै त्यस समयसम्म धर्ना कार्यक्रमलार्ई स्थगित गरिएको बताए ।
‘पीडक पक्ष नियमराज शाक्य उनको घर अगाडी धर्ना दिएको आज ६ महिना हुन लाग्यो । यो ६ महिनाको बीचमा धेरै अभियन्ता साथिहरु त्यहाँ उपस्थित हुनुभयो । अन्य राजनीतिक दलहरुले पनि एक्केबद्धता जनाउँनु भएको छ ।’
महतले ६ महिनाको बीचमा मेलमिलापको लागि पीडक पक्ष र प्रहरीसँग पटक पटक संवाद गरेको तर समस्या समाधान हुन नसकेको बताउँदै अदालतबाट मेलमिलाप हुनसक्ने विश्वास व्यक्त गरे । उनले अदालतबाट पनि मेलमिलाप हुन नसके नयाँ ढंगको धर्ना कार्यक्रम अघि बढ्ने स्पष्ट पारे ।
कार्यक्रममा जगतबहादुरको न्यायका लागि धर्नामा सहभागि बन्दै आएका रामशरण कार्कीले गरिब, किसानहरुलाई पैसाको आवश्यक पर्दा व्यवसायीहरुले जग्गा बन्दकीको नाममा जग्गानै हडप्ने गरेको पाइएको बताए । उनले जगतबहादुरले पनि व्यवसायकै लागि ऋण लिएको तर व्यवसायी नियमराजले ऋण दिएर जग्गा हडपेको बताए । उनले जततबहादुरलाई न्याय दिनुपर्ने र जग्गा फिर्ता गराएर मेलमिलाप गराउनु पर्नेमा जोड दिए ।
यसैगरी, पत्रकार सम्मेलनमा सहभागि अभियन्ताहरुले धर्नामा बस्दै आएका जगतबहादुरलाई पीडक पक्षबाट ज्यान मार्ने धम्की समेत आएको बताउँदै जगतबहादुर तलमाथि केहि भए त्यसको जिम्मेवार व्यवसायी नियमराज र उनको परिवार हुने बताउँदै दुबै पक्षलाई मेलमिलापमा आउन अनुरोध गरेका छन् ।
पत्रकार सम्मेलनमा नेकपा क्रान्तिकारी मकवानपुरका राम घलान (वाटर), वैद्धका दिनेश बर्तौैला, वाइसिएल हेटौंडाका सानु लामा, नेपाल समाजवादीको हरिहर खतिवडा र राष्ट्रिय जनमोर्चाका उवेन्द्र लुइँटेलले जगतबहादुरलाई राज्यका तीनवटै निकायका सम्बन्धित पक्षहरुले न्याय दिन नसकेको टिप्पणी गर्दै नयाँ कठोर ढंगले आन्दोलनको कार्यक्रमलाई अघि बढाउनु पर्ने उल्लेख गरे ।
उनीहरुले देशभर मिटरव्याजी पीडित देखिरहेको अवस्थामा जिल्लामा पनि जगतबहादुर जस्ता धेरै पीडितहरु रहेको र उनीहरु न्यायको पर्खाइमा उल्लेख गर्दै नयाँ ढंगले कार्यक्रमलाई अघि बढाउनु पर्ने र आफूहरुको साथ सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।
के थियो घटना ?
घटना हो, विसं २०५४ वैशाख १९ गतेको अर्थात आज भन्दा २६ वर्ष अघिको । तत्कालिन हेटौंडा नगरपालिका वडा नंबर ३ पिपलबोट नजिक सुन पसल राखेर व्यवसाय गरिरहेका पदमपोखरीका ५५ वर्षीय बाबु पदमलाल सुनार,उनका छोरा ३१ वर्षीय जगतबहादुर र अर्का व्यवसायी घरबेटी ३२ वर्षीय नियमराज शाक्यको ।
सुन व्यवसायी सुनार बाबुछोरालाई व्यवसायलाई अघि बढाउनको लागि ५० हजारको ऋणको आवश्यक पर्यो । तत्कालिन समयमा ५ वर्षदेखि सोही घरमा पसल गरिरहेका बाबुछोराले घरबेटीले व्याजमा ऋण दिने पनि गरेको जानकारी पाएपछि उनीहरुले घरबेटीबाटै ऋण लिने निर्णय गरे । उनीहरुले घरबेटी शाक्यसंग ऋण पनि मागे तर शाक्यले सुनारको सम्पत्ती जग्गा (११ कठ्ठा १६ धुर जग्गा) दृष्टिबन्धकी गरेर मात्र ऋण दिन सकिने जनाएपछि बाबु ऋण लिन जग्गा दृष्टिबन्धकी गर्न सहमत भए । र २०५४ साल वैशाख १९ गते पदमलाललाई शाक्यले जग्गा दृष्टिबन्धकी भन्दै सोहीदिनदेखि जग्गा भोग गर्न पाउने गरि आफ्नो नाममा जग्गा राजीनामा पास लगाए । पदमलालले जग्गा दृष्टिबन्धकी मानेर जग्गा राजीनामा गराए । तर २०५९ साल साउन १० गते मात्रै थाहा पाए सुनार बाबु छोराले उक्त दृष्टिबन्धकी जग्गा राजीनामा भएको ।
जग्गा राजीनामा भएको जानकारी पाउन साथ उक्त ५० हजार ऋण तिर्न सुनार बाबुछोरानै शाक्यका कहाँ पुगेका थिए । तर ऋण ५० हजारबाट व्याजसहित बढेर २ लाख पुगेको र केहि रकम नपुग हुँदा सोहि समयदेखि शाक्यले जग्गा फिर्ता गर्न मानेनन् ।
जगतले त्यसपछि आफु र बाबुले शाक्यलाई जग्गा फिर्ता गर्न पटक पटक अनुरोध गरेको समेत बताए । २०६३ सालमा बाबुको मृत्यु पछि केहि महिनापछि आफु पुनः शाक्यलाई भेट्न गएको तर जग्गा फिर्ता गर्न शाक्य सहमत नभएको बताए । जगतले बाबुको मृत्यु र जग्गाको तनावले व्यवसायनै बिग्रिएपछि केहि समय कामनैै रोकेर बसेको र पछि विरगंजमा १३ वर्ष अरुको व्यवसायमा काम गरेर बसेको बताए । उनले पछिल्लो ७ वर्षदेखि हेटौंडामा पुनः आफ्नो व्यवसाय सुरु गरेर बसेका छन् ।
उनले शाक्यसंग पटकपटक जग्गा नामसारी गर्न अनुरोध गरेको तर उल्टै धम्की दिने गरेको समेत बताए । उनले शाक्यसँग पटकपटक भेटर धितो स्वरुपको जग्गा नामसारी फिर्ता गर्न र रकम हिसाब गरी चुक्ता गर्ने बताउँदा समेत जग्गा फिर्ता नगरी उल्टै धम्की दिएर आफ्नो परिवालाई पीडा दिएको भन्दै दुःख व्यक्त गरे । सुनारले भने २०७३ चैत देखी पटकपटक शाक्यलाई भेट्दा सम्पती फिर्ता गर्न अनुरोध गरिरहेका छन् ।
‘उहाँको घर, पसलमा गएर रकम साँवा ब्याज हिसाब गर्न तयार छु भनेर बताउँदा उहाँ हुन्छ भनेर आश्वासन दिँदै आउँनु भएकोमा कहिले काठमाण्डौ गएर आएर दिन्छु, कहिले बिरामी छु, कहिले कामले फुर्सद छैन भन्दै आलटाल गर्दै आए । तर पछिल्लो वर्षमा आफ्नो परिवारलाई नै अभद्र व्यवहार गर्दै जग्गा आफुले खरिद गरेको बताउँदै खरिद गरेको जग्गा माग्न आएमा राम्रो नहुने भन्दै ज्यान लिने सम्मको धम्की दिदैँ आएका छन् ।’ सुनारले भने, ‘म आपसी मेलमिलाप गर्न तयार छु तर उहाँ र उनका निकटहरु भने विभिन्न बहानामा पन्छिदै आएका छन् ।’
उनले आउँदो जेठ ७ गते जिल्ला अदालतले मेलमिलापको लागि बोेलाएको बताउँदै मेलमिलाप हुने विश्वास व्यक्त गरे ।












प्रतिक्रिया दिनुहोस्