हेटौंडा । हेटौंडा–६, चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्र भित्र वृक्षारोपण गरिएको छ ।

चुच्चेखोला टोल विकास संस्था र प्रगतिशिल युवा क्लबको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको हो ।
हेटौडा–१७ का वडा सदस्य नवराज न्यौपानेको प्रमुख आतिथ्यता एवम चुच्चेखोला टोल विकास संस्था अध्यक्ष अमित कँडेलको सभाध्यक्षतामा वृक्षारोपण कार्यक्रम भएको थियो ।

कार्यक्रममा अमला, हर्रो, बर्रो, डागन फ्रुड, अश्वगन्धा, अम्वा लगाायतका करिव २ हजार विरुवाको वृक्षारोपण गर्ने कार्यक्रम रहेको प्रगतिशिल युवा क्लबका अध्यक्ष नवराज तिमल्सिनाले बताए ।

टोल विकास संस्था र क्लबको सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण गरिएको हो । कार्यक्रममा बाल क्लबका पदाधिकारी, स्थानीय, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

भीमसेन पौडेल
थप जानकारी