हेटौंडा । हेटौंडा उपमहानगरपालिका ३ जम्मु भन्ने स्थानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश प्रहरीका अनुसार स्थानीय ३२ वर्षीय अशोक स्याङतानले खेतमा पानी लगाउने क्रममा पानि तान्ने मेसिनमा अचानक करेण्ट लाग्दा उनी घाइते भएका थिए ।

उपचारको लागी अस्पताल ल्याएकोमा उपचारको क्रममा स्याङ्तानको मृत्यु भएको प्रहरीले जनाएको छ । स्याङ्तानको शव हेटौँडा अस्पतालमा राखिएको मकवानपुरका डिसपी एवं प्रवक्ता टेकबहादुर कार्कीले बताए ।