हेटौंडा । डिभिजन वन कार्यालय मकवानपुर हेटौंडामा कार्यरत वसन्तराज गौतम फरेष्ट टेक्निसियन्स एशोसियन अफ नेपालको राष्ट्रिय उपाध्यक्ष चयन भएका छन् । भदौ १ र २ गते काठमाडौंमा भएको १० औं राष्ट्रिय अधिवेसनबाट उनी उपाध्यक्षमा चयन भएका हुन ।
वन तथा वातावरण मन्त्री डा. वीरेन्द्र प्रसाद महत्तोको प्रमुख आतिथ्यतामा भएको अधिवेसनमा मन्त्रालयका सचिव रेवती प्रसाद पौडेल, वन तथा भू–संरक्षण विभागका महानिर्देशक शिव कुमार वाग्लेको आतिथ्यता रहेको थियो ।
फरेष्ट टेक्निसियन्स एशोसियन अफ नेपालको अध्यक्षमा गोविन्दराज पाण्डे चयन भएका छन । पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । अधिवेशनमा ७७ वटै जिल्लाका वन प्राविधिकहरुको सहभागिता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्