हेटौंडा । हेटौंडा–६, शान्तिटोलमा रहेको शान्तिटोल टोल विकास संस्थाले प्रत्येक सदस्यको घरमा घर नम्बर राख्न सुरु गरेको छ । घर नम्बर राख्ने कार्यको शुभारम्भ गर्दै हेटौंडा– ६ का वडा अध्यक्ष विष्णु दाहालले टोल विकास संस्थाले रचनात्मक कार्य गरेको बताउँदै यस्ता कार्य अन्य टोल विकास संस्थाले पनि गर्नु पर्ने बताए ।
घर नम्बरको माध्यमबाट सदस्यको पहिचान हुने टोल विकास संस्था अध्यक्ष केशव धितालले बताए । टंक प्रसाद सापकोटाको घरबाट घर नम्वर राख्न शुरु गरिएको हो । टोलमा हाल १ सय १० घरधुरी रहेका छन ।
टोल विकास संस्थाको आफनै भवन रहेको छ भने यसै भवनमा टोल विकास संस्था वडा समन्वय समितिको कार्यालय, ज्येष्ठ नागरिक वडा मञ्च र शान्ति पुस्तकालय समेत रहेको छ । संस्थामा ईन्टरनेट र टिभि समेत जडान गरिएको छ ।
भविष्यमा टोल विकास संस्थाले बचत तथा ऋण, सरसफाई, सामाजिक कार्यहरु गरिनुको साथै पिछडिएका बर्गहरुको लागि विशेष कार्यक्रम समेत सञ्चालन गरिने टोल विकास संस्था सचिव भरत सापकोटाले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, सञ्चारकर्मी भीमसेन पौडेल, स्थानीय लगायतको सहभागिता रहेको थियो । हेटाैडा–६ नंं वडामा २३ वटा टोल विकास संस्थाहरु रहेका छन ।












प्रतिक्रिया दिनुहोस्