हेटौंडा । नगरस्तरिय चित्रकला प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका वडा नं ७ की बिपिका गौतम प्रथम भएकी छिन् । शनिवार नगरस्तरिय बाल समूह संजाल, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको नगरस्तरिय चित्रकला प्रतियोगितामा सहभागी १८ जना प्रतियोगिलाई पछि पार्दै गौतम प्रथम भएकी हुन् ।
गौतमले नगद २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरिन । त्यस्तै प्रतियोगितामा हेटौंडा–२ की स्वस्ती शाक्य दोश्रो हुँदा एक हजार पाँच सय रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरिन । प्रतियोगितामा हेटौंडा–१३ का समीर गोले तृतीय हुँदा एक हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै प्रतियोगितामा हेटौंडा–६ का सुरज श्रेष्ठ सान्त्वना हुँदा पाँच सय रुपैयाँ प्राप्त गरे । बाल अधिकार विषयमा भएको नगरस्तरिय चित्रकला प्रतियोगितामा चित्रकार सुर्य सन्यासीले मुख्य निर्णयकको भूमिका निर्वाह गरेका थिए । नगरस्तरिय बाल समूह संजाल, हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष सौरज देवकोटाको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता भएको चित्रकला प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका महिला तथा बाल विकास महाशाखाका निर्देशक विष्णुकुमारी लामिछाने, बालमैत्री नगर सम्पर्क व्यक्ति बिना ठिके, हेटौंडा–१२ का बालमैत्री सम्पर्क व्यक्ति गिता परियार, बालमैत्री नगर सहजकर्ता सपना ढुंगाना, लगायत वडाका बालमैत्री वडा सहजकर्ताहरुको उपस्तिथि रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्