हेटौंडा । मकवानपुरको हेटौंडा–१४ मयुरधाप ड्राइभरडाँडामा खप्परसहितको मानव कंकाल फेला परेको छ ।

शुक्रबार दिउँसो ड्राइभरडाँडामा चुरियामाई जाने बाटोतर्फको झाडिमा खप्पर छुट्टिएको अवस्थामा मानव कंकाल फेला परेको हो ।

मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार स्थानीयले कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरको टोली पुगेको छ । कंकालको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।