हेटौंडा । हेटौंडा–३, बसामाडीमा निर्माणाधिन घरमा काम गर्दै गरेकी मजदुरको छतबाट लडेर शनिबार मृत्यु भएको छ ।
मञ्जु लामाको निर्माणधिन घरमा ईट्टा बोक्ने क्रमामा दिनको ३ बजेर ३० मिनेटको समयमा स्थानीय मजदुर ६० वर्षीया लक्ष्मी खड्का छतबाट खसेकी थिइन् । छतबाट लडेर घाइते भएकी खड्काको हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा शनिबार दिनको ४ बजेर ५० मिनेटको समयमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । शव पोष्टमाटमाका लागि हेटौंडा अस्पताल ल्याईएको छ ।













प्रतिक्रिया दिनुहोस्