हेटौंडा । बागमती प्रदेशमा ६ जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार ललितपुर र धादिङमा दुई/दुई जना र मकवानपुर, काभ्रेपलाञ्चोकमा एक÷एक जनाको डेङ्गु सङ्क्रमणको कारण मृत्यु भएको छ ।
भदौ १६ गते शनिवार सम्म प्रदेशका १३ जिल्लामा चार हजार ३८२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन भुसालले जानकारी दिए । प्रदेशका १३ जिल्लामा १ जनवरी २०२३ देखि हालम्म सबैभन्दा बढी धादिङमा डेङ्गु पुष्टि भएको छ । मन्त्रालयको तथ्याङक अनुसार धादिङमा २ हजार ८०६, काठमाडौंमा ४२७, मकवानपुरमा ३३५, ललितपुरमा २३३, चितवनमा २१३, भक्तपुरमा १४२, नुवाकोटमा ८६, रामेछापमा ४३, काभ्रेपलाञ्चोक ३९, सिन्धुलीमा २९, सिन्धुपाल्चोक १४ र दोलखामा जनामा डेङ्गु पुष्टि भएको छ । सबैभन्दा कम रसुवामा ६ जनामा डेङ्गुु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ३ जनामा डेङ्गुु पुष्टि भएको तथ्याङ्क छ । मन्त्रालयका अनुसार जनवरीमा ५७, फेरब्रुअरीमा ३०, मार्चमा २९, अप्रिलमा ५२, मेमा २७, जुनमा ११८, जुलाईमा ८६२, अगस्ष्टमा तीन हजार १६७ र सेप्टेम्बर २ सम्म ३७ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भईसकेको छ ।
पछिल्लो तथ्याङ्क अनुसार अगस्ष्टमा धादिङ, मकवानपुर, काठमाडौं, ललितपुर र चितवनमा डेङ्गुु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउछ । भदौ र असोजमा डेङ्गु सङ्क्रमण उच्च हुने स्वास्थ्य मन्त्रालले प्रक्षेपण गरेको छ ।
डेङ्गुु सङ्क्रमणबाट आफु र आफ्ना परिवारलाई जोगाउन लामखुट्टेको टोकाईबाट बच्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । सुत्दा झुलको प्रयोग गर्न, लामखुट्टेको टोकाईबाट बचाउने धुप तथा झोलको (रिपेलेन्ट) प्रयोग गर्न, ट्याङ्की र कुलरहरु कम्तीमा हप्तामा एक पटक सरसफाई, वरपर पानी जम्न नदिने, पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउन र डेङ्गुुका कुनैपनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्थामा जानको लागि आग्रह गरिएको हो ।
भदौमा डेङ्गुु सङ्क्रमण भएका बिरामीको सङ्ख्या बढेको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०१९ मा ४ हजार ५४ जना, २०२० मा ८६, २०२१ मा १२८ जनामा डेङ्गुु सङ्क्रमण देखिएको थियो भने सन् २०२२ को जुलाईदेखि २०२३ को जुनसम्म यस प्रदेशमा ४२ हजार ७१४ जनामा डेङ्गुु रोग सङ्क्रमण भएको मन्त्रालयको तथ्याङ्क छ ।












प्रतिक्रिया दिनुहोस्