हेटाैँडा। बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले देश निर्माणमा आहुति दिने सहिदहरुको स्मरण गर्दै आजको दिनले सबै नेपालीलाई थप प्रेरणा देओस् भनेर शुभकामना दिएका छन ।
सहिद दिवस २०८१ को अवसरमा सन्देश जारी गर्दै प्रमुख देवकोटाले बिरुवाले शितलता प्रदान गरेजस्तै जीवन उत्सर्ग गर्ने राष्ट्रप्रेमीहरुको बलिदानले नेपालीहरु स्वाधीन, स्वतन्त्र र स्वाभीमानी भएर अग्रगामी मार्गमा रहेको उनले चर्चा गरे ।
सन्देशमा देवकोटाले भनेका छन, “सहिदहरुको बलिदानको मर्मलाई बुझी समृद्ध नेपालको साझा सपना साकार पार्न जिम्मेवारीपूर्वक आआफ्ना कर्तव्य पालना गर्नमा हामी सबैलाई आजको दिनले प्रेरणा देओस् भन्ने कामना गर्दछु ।”
सहिदहरुको गौरवपूर्ण गाथाले देशलाई माया गर्न र आफ्नो कर्तव्यमा निष्ठापूर्वक लागिरहन हामीलाई हौसला मिल्नेमा आफू विश्वस्त रहेको प्रमुख देवकोटाले उल्लेख गरे। आजको दिनमा विगतलाई समिक्षा गरी देशको हितलाई सर्वोपरी राखी अघि बढेमा मात्र सहिदप्रति सम्मान हुने उनले विश्वास व्यक्त गरे ।
सहिदहरुको योगदानकै कारण आजको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्राप्त भएको चर्चा गर्नुहुँदै प्रमख देवकोटाले दिवसको अवसरमा समस्त सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन।












प्रतिक्रिया दिनुहोस्