हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध सहित १३ जना व्यक्तिहरू नियन्त्रणमा लिएको छ। जिल्लाको विभिन्न स्थानमा जाँचको क्रममा लागुऔषध खैरोहेरोइन, चरेस, गाँजा र ट्रामाडोलसहित उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीले लागुऔषधसहित बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जानकारी दिए।
लागु औषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ ३५ ग्राम १० मिलिग्राम, लागु औषध चरेस जस्तो देखिने पदार्थ २६० मिलिग्राम, लागु औषध गाँजा २३ ग्राम २१० मिलिग्राम र ट्रामाडोल २ क्याप्सुल फेला परेको हुँदा उक्त लागु औषध बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।
प्रहरीले बाराको कलैया उपमहागरपालिका १४ का वर्ष ३० काराजन जैसवाल, निजगढ ननगरपालिका ९ का वर्ष २१ क सर्जुक साह र रौतहट जिल्ला बौधिमाई नगरपालिका २ का वर्ष २१ का रोहित पटेललाई खैरोहेरोइन ३४ ग्राम ७९० मिलिग्रामसहित पक्राउ गरेको छ ।
भारत घर भई हाल हेटौँडा उपमहानगरपालिका ४ बस्ने वर्ष २३ को आकाश कुमार, हेटौँडा ७ बस्ने वर्ष २४ का राज अधिकारी, वडा नं. ११ का वर्ष ३३ का राजा बाबु शर्मा र बकैया गापा ४ का वर्ष ३४ का समिर स्याङतानको साथबाट गाँजा २१ ग्राम ३७० मिलिग्राम र लागु औषध ट्रामाडोल दुई क्याप्सुलसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस्तै हेटौँडा १ का वर्ष ४४ का सहदेव अर्जेल, वर्ष ३० का कालुराम गिरी, वर्ष ३९ को मनोज महर्जन र वडा नं. १७ का वर्ष ३६ का रामचन्द्र मोक्तानको साथबाट प्रतिबन्धित लागु औषध खैरो हेरोइन २२० मिलिग्राम फेला परेको प्रहरीको भनाइ ।
हेटौँडा ८ का वर्ष २३ की अनुष्का क्षेत्री, भरतपुर महानगरपालिका वडा नं. ८ वर्ष २६ का करण स्याङवोको साथबाट लागु औषध चरेस २६० मिलिग्राम र लागु औषध गाँजा एक ग्राम ८४० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्