हेटौंडा । हेटौंडा ८ मा ४३३१ मतगणना गर्दा गठबन्धनका तर्फबाट वडा अध्यक्षमा नेपाली काँग्रेसका रामबहादुर थापाले २१७६ मत प्राप्त गरेका थिए भने नेकपा एमालेका बोलबहादुर कार्कीले १९३२ मत पाएका छन । २४४ मतले काँग्रेसका उम्मेदवार रामबहादुर थापा अगाडि रहेका छन । गतगणना कार्य अन्तिम चरणमा पुगेको छ भने केही बेरमा अन्तिम मतपरिणाम सार्वजनिक हुनेछ ।