हेटौंडा । मकवानपुर प्रहरीले मकवानपुरको थाहा नगरपालिकामा मिनिट्रकसहित ४ सय २२ किलो लागूऔषध गाँजा बरामद भएको छ ।
थाहा नगरपालिका वडा नंबर ३ बायोखोला स्थित डाँडाबास–पालुङ पक्की सडकको छेउमा गएराति बेवारिसे अवस्थामा रोकी राखेको ना ६ ख ३२४३ नम्बरको मिनिट्रकबाट उक्त गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेक जाँच गर्दा ट्रकको पछाडी तर्फ सामान लोड गर्ने भागमा सेतो रङ्गको १४ वटा बोराहरु भित्र टेपले बेरी प्लाष्टिकको डोरीले बाधिएको २८ प्याकेटमा ४ सय २२ किलो लागू औषध गाँजा फेला परेको हो । ट्रक प्रहरीको नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान भईरहेको प्रवक्ता कार्कीको भनाई छ ।












प्रतिक्रिया दिनुहोस्