हेटौंडा । राप्रपा निकट यातायात मजदुर संगठन जिल्ला कार्यसमिति मकवानपुरको बिस्तारीत भेला भएको छ ।

भेलामा यातायात मजदुर यातायात कार्यालय, ट्राफिक प्रहरी, हेटौंडा उपमहानगरपालिकाबाट प्रताडित बनेको मजदुर संगठनले जनाएको छ । सरकार र संम्बन्धित निकायले यातायात मजदुरलाई नीतिगत शोषण र दमन गरेको उनीहरुको आरोप थियो । यातायात मजदुरको समस्या समाधान गर्न राप्रपाले आवाज उठाउने बताइएको छ ।

कार्यक्रममा ४ सय ७१ जनाको सहभागी रहेको थियो । बैठकमा राप्रपाका जिल्ला सह–कोषाध्यक्ष सन्दिप कुमार सापकोटा,सचिवालय सदस्य काजिमान तितुङ्ग, हेटौंडा नगर अध्यक्ष अरुण लामा,संगठनका जिल्ला अध्यक्ष तेज प्रसाद रेग्मीको सहभागिता रहेको थियो ।