हेटौंडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको १२५ सदस्यीय पोलिटव्यूरोमा नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज कुमारी मोक्तान पनि परेकी छन् ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्री समेत रहेकी मोक्तानको नाम १ सय ४ नंबरमा रहेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले १२५ सदस्यीय पोलिटव्यूरो प्रस्ताव गरेका हुन् ।

पोलिटब्युरो सदस्यमा प्रचण्डसहित नारायाणकाजी श्रेष्ठ,कृष्णबहादुर महरा,देव गुरुङ,गिरिराजमणि पोखरेल,वर्षमान पुन,हरिबोल गजुरेल लगाएत रहेका छन् ।