हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवार र उत्तरदायि भएर पत्रकारिता गर्न सुझाव दिएका छन् । उनले पत्रकारिता क्षेत्र थप जिम्मेवार र उत्तरदायि हुन आवश्यक रहेको समेत बताए ।
हेटौंडामा आजबाट सुरु भएको नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवालले अहिले नया टेक्नोलोजीको सुरुवात भएको भन्दै प्रधानमन्त्री देउवाले स्वतन्त्रताको नाममा पत्रकारले उत्तरदायित्व भुल्न नहुने बताए ।
पत्रकार जगत उत्तरदायी भए समाज सहि गतिमा अघि बढ्ने भन्दै प्रधानमन्त्री देउवाले पत्रकारिता क्षेत्रले लोकतन्त्रलाइ बलियो बनाउने बताए ।
कोरोनाकालमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको उनले स्मरण गरे । ‘सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास हुन्छ । लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ पत्रकारिता गर्न जरुरी छ ।’, उनले कांग्रेस लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति सदैव प्रतिबद्ध रहेको जनाए ।












प्रतिक्रिया दिनुहोस्