हेटौंडा । उर्जा, जलश्रोत तथा सिचाई राज्य मन्त्री दीपक बहादुर सिंहले धर्मबाट मात्र विकास हुने बताएका छन । हेटौडा–१७ गैरीगाउँमा रहेको श्रीमदभागवत ज्ञानसञ्चार वृद्धाश्रमको १४ औं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै मन्त्री सिहले आफूले निर्वाचनको समयमा यहि वृद्धाश्रममा आएर आशिर्वाद मागेको र त्यो आशिर्वादकै कारण आफू निर्वाचित भएको बताए ।

आफू सदैव मकवानपुरे जनताको साथमा रहने उल्लेख गदै वहाँले अव मकवानपुरको समग्र विकासमा आफू सर्मपित हुने उल्लेख गरे । मन्त्री सिहले भने हिन्दु राष्ट्रको पक्षमा आफ्नो पार्टी सदैव लागिरहने र यसैको माध्यमबाट मात्रै सिङगो देशको हित हुन्छ । मकवानपुरे फाँटमा सिचाईको ब्यवस्था गरि उत्पादन बढाउन आफूले भूमिका निर्वाह गर्ने मन्त्री सिहको भनाई थियो ।

साधारणसभामा संस्थाका अध्यक्ष लक्ष्मण कटुवालले संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै वृद्धाश्रमको समग्र विकासको लागि ५ करोड ४० लाखको योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा लेखा संयोजक टिकाराम न्यौपानेले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

भेलामा बागमती प्रदेशका सांसद प्रेमबहादुर पुलामी, हेटौडा–१७ का वडा अध्यक्ष उद्धव सत्याल, वडा सदस्य लेखकुमारी तिमल्सिना, नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष अर्जुन प्रसाद देवकोटा, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, श्रीनिवास लक्ष्मीनारायण मन्दिरका अध्यक्ष जनार्दन पौडेल, वृद्धाश्रमका सचिव नवराज न्यौपाने, रंगनाथ दाहाल लगायतको सहभागिता थियो ।

भीमसेन पौडेल
थप जानकारी