हेटौँडा । हेटौँडा उपमहानगरपालिका–६ को आयोजनामा वडाभित्र रहेका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै धार्मिक क्षेत्रको अवलोकन भ्रमण गराइएको छ ।

चालु आर्थिक वर्ष ०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत उक्त भ्रमणको आयोजना गरिएको वडा कार्यालयले जनाएको छ ।

भ्रमणका क्रममा सहभागी ज्येष्ठ नागरिकलाई ऐतिहासिक तथा धार्मिक स्थल रामजानकी मन्दिर, धनुषाधाम तथा पर्यटकीय क्षेत्र भरत तालको अवलोकन गराइएको वडा सचिव सिताराम रिमालले जानकारी दिए ।

वडाध्यक्ष विष्णुबहादुर दाहालको नेतृत्वमा सम्पन्न भ्रमणमा वडा सदस्य विजय पौडेल, टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा–६ का अध्यक्ष बासुदेव खतिवडा, सञ्चारकर्मी, ज्येष्ठ नागरिक मञ्चका पदाधिकारी तथा टोल विकास संस्थामा आवद्ध ज्येष्ठ नागरिक गरी एक सयभन्दा बढीको सहभागिता रहेको थियो ।

भीमसेन पौडेल
थप जानकारी