हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं.१८ रामधुनीमा एक घरमा चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१८ बस्ने नबिन खतिवडा रहेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार आइतबार दिउँसो स्थानीय गोपि थापाको घरको झ्याल फुटाएर कोठाभित्र रहेको दराजबाट नगद ३ लाख, सुन १तोला,मोबाईल १ थान, हाते घडी थान २ चोरी भएको थियो ।
प्रहरी चौकी ठुलोदमारमा लिखित निबेदन प्राप्त भएपछि प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी कार्य अगाडी बढाउने क्रममा हेटौंडा–१७ हटिया चौकबाट खतिवडालाई संका लागेर नियन्त्रणमा लिएर चेकजाँच नगद नेपाली रु १६ हजार ८००, घडि १ थान, मोबाईल २ थान र लागुऔषध ४५ ट्याब्लेट बरामद गरेको थियो ।
खतिवडाको घर खानतलासी गर्दा थप ६४ हजार ८६४arr, धातुको औठी १ थान, धातुको टिका १ थान, धातुको औठी १ थान र विदेशी मुद्रा बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा आबश्यक कार्बाही जिल्ला प्रहरी कार्यालय मकवापनुरबाट भइरहेको बताईएको छ ।
















प्रतिक्रिया दिनुहोस्