हेटाैँडा । मकवानपुर प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट मलंगवा नगरपालिका-१ भेरीआहीका २६ वर्षीय नथुनी राम पक्राउ परेका हुन् ।
रातोमाटे चेकपोइन्टस्थित पूर्वपश्चिम सडकखण्डमा सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ज ४६५ नं. को यात्रुवाहक इभी गाडीलाई रोकी जाँच गर्ने क्रममा गाडीमा सवार नथुनीको साथबाट लागुऔषध बराम भएको प्रहरीले जनाएको छ । उनको साथमा फेनारगन १९८ एम्पुल, नुफिन लेखिएको स्टिकर २८४ पिस लगायत फेला परेको थियो ।
पक्राउ परेका रामलाई लागुऔषधमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्