हेटाैँडा । यही भर्दौ २९ गते शनिबार मकवानपुर घरेलु तथा साना उद्योग संघ तथा महिला उद्यमी समिति मकवानपुरको २९ औं वार्षिक साधारणसभा तथा नवौं जिल्ला अधिवेशन हुने भएको छ ।
अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । घरेलु तथा साना उद्योग संघमा १९ र महिला उद्यमी समितिका लागि १५ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ ।
अधिवेशनका लागि आवश्यक सबै तयारी पूरा भएको संघका महासचिव कुमार पौडेलले जानकारी दिए । हेटौंडाको रोयल पार्टी प्यालेशमा विहान ८ बजेबाट सुरु हुने साधारणसभा तथा अधिवेशनको बागमती प्रदेश सरकारका उद्योग, वाणीज्य, भूमी तथा प्रशासनमन्त्री शुकमाया तामाङले उद्घाटन गर्ने कार्यक्रम रहेको पौडेलले जानकारी दिए ।
उनका अनुसार संघमा दुई सय बढी घरेलु तथा साना उद्योग आबद्ध छन् ।
प्रतिक्रिया दिनुहोस्