काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ११ गतेदेखि १५ गतेसम्म निष्काशन खुला गरेको आईपीओ बिहीबार बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार बिहीबार बिहान ८ः३० बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।
कम्पनीको आईपीओका लागि १९ लाख ९ सय ७७ जनाको आवेदन परेको छ । सर्वसाधारणहरुले २ अर्ब ४४ करोड ८३ लाख २२ हजार कित्ताका लागि आवेदन दिएको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडले जनाएको छ ।
कम्पनीले जारी पूँजी ७५ करोड रुपियाँको ३० प्रतिशतका दरले हुन आउने २२ लाख ५० हजार कित्ता आईपीओ प्रतिकित्ता अंकित मूल्य १०० रुपियाँका दरले बिक्री गर्न अनुमति पाएको थियो ।
सोमध्ये १० प्रतिशतले हुने २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको थियो भने ६७ हजार ५०० कित्ता कर्मचारीहरूका लागि र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ ।
यसरी बाँकी रहेको १८ करोड ४५ लाख रुपियाँबराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री खुलाएको हो ।
उक्त आईपीओ १ लाख ८४ हजार ५ सय जनाले १०–१० कित्ताका दरले पाउने छन् । आईपीओका लागि आवेदन दिएकाहरुको संख्या हेर्दा १७ लाख बढीको हाल खाली हुने निश्चित छ ।












प्रतिक्रिया दिनुहोस्