हेटौंडा । बागमती प्रदेशका १२ मन्त्रीमध्ये दुईजना मन्त्री भाडाकै घरमा बसेका छन ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा (तामाङ), आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठ, सामाजिक विकास मन्त्री कुमारी मुक्तान, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, खानेपानी, उर्जा तथा सिञ्चाई मन्त्री तिर्थ बहादुर लामा, कृषि तथा पशुपन्छी विकास मन्त्री डा.राजेन्द्र मान श्रेष्ठ, श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, पर्यटन, उद्योग तथा सहकारी मन्त्री र स्वास्थ्य मन्त्री उत्तम जोशीलाई सरकारी भवन उपलब्ध गराईएको छ ।
वन तथा वातावरण मन्त्री मसिना खड्का र उद्योग, सहकारी तथा सामान्य प्रशासन मन्त्री रामकृष्ण चित्रकार भने भाडाको घरमा बस्दै आएका हुन् । प्रदेश सरकारले मन्त्रीहरुलाई मुख्यमन्त्री तथा मन्त्रिको पारिश्रमिक सुविधा सम्बन्धी ऐन २०७५ अनुसार घरभाडा वापत मासिक रुपमा २७ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । बिना विभागीय मन्त्रीको रुपमा सपथ ग्रहण गरेका मन्त्री रामकृष्ण चित्रकारले ७७ दिनपछि मन्त्रालयको जिम्मेवारी पाएका थिए ।












प्रतिक्रिया दिनुहोस्