हेटाैँडा । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनी ५ लाख ३९ हजार ५ सय कित्ता आईपीओ निष्काशन खुला गर्न लागेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ५३ हजार ९ सय ५० जनाले १०–१० कित्ताका दरले पाउने छन् ।

कम्पनी यसअघि नै आयोजा प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक, र सामुहिक लगानी कोष योजनाहरुलाई शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको जनाएको छ ।

लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँ पालिका ४, स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरी २ वर्षदेखि व्यापारिक उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ ।