काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । नेप्से ओरालो झरेसँगै कारोबार रकम पनि घट्दै गएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ८.११ अंकले घटेको हो । ०.३७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २१५७.२० अंकमा झरेको छ ।

आज २६० कम्पनीका ७३ लाख ९९ हजार ४ सय ७४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४३ करोड २५ लाख ८ हजार ७ सय ६९.५७ रुपियाँ बराबरको कारोबार भएको हो ।

आज किसान लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.९६ प्रतिशतले नाफा कमाएका छन् भने जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.४९ प्रतिशतले घाटा व्यहोरेका छन् ।

ग्लोबल आइएमई बैंकको संस्थापक शेयर सबैभन्दा बढी किनबेच भएको छ । १५ करोड १२ लाख ५३ हजार ९ सय रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन आइतबार बजार ६३.२४ अंकले बढ्दा ४ अर्ब ३७ करोड ५१ लख ९६ हजार २ सय ३२.८० रुपियाँ, सोमबार २६.६६ अंकले बजार घट्दा ४ अर्ब ७२ करोड ७६ लाख ८ हजार ८ सय १०.४४ रुपियाँ र हिजो मंगलबार ३६.१९ अंकले बजार घट्दा २ अर्ब ९१ करोड ७ लाख ३२ हजार ४ सय १८.७१ रुपियाँ बराबरको कारोबार भएको थियो ।