हेटौंडा । आज (बुधबार) पनि सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । चुनावको मिति तोकिँदा सेयर बजारमा सकारात्मक उछाल देखिने लगानीकर्ताको अपेक्षा थियो तर चुनाव घोषणा पछिको आज दोस्रो दिन पनि बजार घटेको छ ।

आज नेप्से दोहोरो अंकले घट्दा कारोबार रकम ब्यापक घट्नुले आगामी दिनका लागि सकारात्मक संकेत गर्ने तर्क गर्छन सक्रिय लगानीकर्ता शेखर लामिछाने । यसरी बजार घट्दा भोलुम ड्राई हुनुले लगानीकर्ताहरु सस्तोमा सेयर बेच्न तयार छैनन् भन्ने संकेत गछए जुन आगामी दिनका लागि सुखद् संकेत पनि हो अब केहि दिनमा धितोपत्र बोर्डले पनि नेतृत्व पाँउदैछ देश चुनावमा हुमिदैछ उनले भने -अहिले राष्ट्र बैंक मौद्रिक नितिको दोस्रो त्रैमासिक समिक्षाको तयारीमा समेत छ चुनावको मुखैमा हुन लागेको यो समिक्षा पक्कै पनि बजारलाई नकारात्मक प्रभाव पार्ने गरी आउने छैन सकेसम्म केहि सकारात्मक नै आउने अपेक्षा गर्न सकिन्छ त्यसैल समग्रमा अहिले आत्तिनु पर्ने अवस्था छैन यो करेक्सनलाई खरिद अवसरमा बदल्ने लगानीकताहरुले नै जित्ने देख्छु म ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २२।११ अंकले घटेर २८१३।४७ विन्दुमा पुगेको छ । नेप्से ०।७८ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक ३।५१ अंकले घटेर ५२८।९९ विन्दुमा झरेको छ । कूल २२३ वटा कम्पनीको ६५ लाख २० हजार ६ सय २८ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १ सय ८२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।