हेटौंडा । बागमती प्रदेश अन्र्तगतका कार्यालयहरुको घरभाडा वापत आर्थिक बर्ष २०७९-८० मा ९ करोड ६२ लाख १२ हजार ९५८ रुपियाँ खर्च भएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौँडाका सूचना अधिकारी होमनाथ रिजालका अनुसार पाँच आवको तुलनामा गत आवमा घरभाडा वापत सबैभन्दा धेरै रकम खर्च भएको हो ।

आव २०७५÷७६ मा २ करोड ५७ लाख ९ हजार रुपियाँ, ७६÷७७ मा ४ करोड ८० लाख ६१ हजार ५५४ रुपियाँ, ७७-७८ मा ६ करोड २ लाख ३१० रुपियाँ र आव ७८÷७९ मा ७ करोड ९४ लाख २८ हजार ३ सय रुपियाँ घरभाडा वापत खर्च भएको तथ्याङ्क छ ।