काठमाडौं । शेयर बजारमा सुधार देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.२४ अंकले बढेको हो । ०.४७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९६७.९७ अंकमा उक्लिएको छ ।

आज २८४ कम्पनीका ४३ लाख २३ हजार २१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ९९ लाख ३१ ह्जार ३ सय ८५.३७ रुपियाँ बराबरको कारोबार भएको हो ।

विभिन्न ३ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । मध्ये भोटेकोशी जलविद्युत, बुद्धभूमि नेपाल हाइड्रो र इन्फिनिटी लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, ९.९८ र ९.८५ प्रतिशतले नाफा कमाएका छन् ।

यता समता घरेलु लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.६१ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज सिटिजन लाइफको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६ करोड ९३ लाख ६३ हजार १ सय २२.२० रुपियाँ बराबरको कारोबार भएको थियो ।

साताको पहिलो दिन आइतबार ३३.२० अंकले बजार घट्दा १ अर्ब ८३ करोड ४ लाख ८३ हजार ७ सय ४३।११ रुपियाँ, सोमबार ५.१९ अंकले बजार बढ्दा १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२.३२ रुपियाँ र हिजो मंगलबार १७.५६ अंकले बजार घट्दा १ अर्ब १९ करोड ९१ लख १ हजार ३ सय २४.८१ रुपियाँ  बराबरको कारोबार भएको थियो ।