काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले असोज १८ गते विहीबारदेखि २२ गते सोमबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा १५ करोड रुपियाँ बराबरको १५ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो । यसअघि नै १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि पनि बाँडफाँट भएको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री गरेर बाँकी रहेको ९ हजार २ सय कित्तासमेत थप गरेर १२ लाख ८४ हजार २ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त शेयर १ लाख २८ हजार ४ सय २० जनाले १०–१० कित्ता पाउने छन् ।

सानिमा समूह अन्तर्गतको कम्पनीले रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको जनाएको छ ।