काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले कात्तिक २१ गतेदेखि २४ गतेसम्म थप सार्वजनिक निष्काशन (एफपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले १ करोड ७८ लाख ४५ हजार ४ सय ५१ रुपियाँ बराबरको १ लाख ७८ हजार ४ सय ५१ कित्ता एफपीओ निष्काशन गर्न लागेको हो ।

सर्वसाधारणका लागि जारी गर्न लागिएको उक्त एफपीओ १७ हजार ८ सय ४४ जनाले १०–१० कित्ता र १ जनाले ११ कित्ता पाउने छन् ।

सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न कम्पनीले एफपीओ जारी गर्न लागेको जनाएको छ ।

साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त एकआपसमा गाभिएपश्चात बनेको उन्नति सहकार्य लघुवित्तको पुँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत कायम भएको थियो ।