काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले आज मंसिर १० गतेदेखि निष्काशन खुला गरेको आईपीओमा आवेदन दिने आज १३ गते बुधबार अन्तिम दिन हो ।

इच्छुक लगानीकर्ताहरुले आज बैंकिङ समयभित्र आवेदन दिन सक्ने बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा ११ लाख ४१ हजार २ सय ५० कित्ता आईपीओ निष्काशन खुला गरेको हो ।

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ एक लाख १४ हजार १ सय २५ जनाले १०–१० कित्ताको दरले पाउने छन् ।