काठमाडौं । शेयर बजारमा झिनो सुधार देखिएको छ । लगातार ७ दिन बजारमा आज सुधार देखिएको हो । गतसाताको दोस्रो दिन मंसिर ११ गतेदेखि बजार निरन्तर ओरालो झरेको थियो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.३३ अंकले माथि उक्लिएको छ । ०.१८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८४१.०४ अंकमा पुगेको छ ।

आज २९३ कम्पनीका ३७ लाख ५५ हजार १ सय २४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १४ करोड १८ लाख १२ हजार ३ सय ८२.७८ रुपियाँ बराबरको कारोबार भएको हो ।

बजारमा झिनो सुधार देखिए पनि ग्लोबल आईएमई लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् ।

त्यस्तै सिंगटी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.१३ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ७ करोड ३४ लाख ४९ हजार १७.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन आइतबार ७.२९ अंकले बजार घट्दा ९६ करोड ४० लाख १० हजार ४ सय ३१.२७ रुपियाँ, सोमबार ३.४२ अंकले बजार घट्दा १ अर्ब १९ करोड ७२ लाख ५७ हजार ८ सय ९४.६९ रुपियाँ र हिजो मंगलबार १०.१० अंकले बजार घट्दा १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४ सय ३८.३४ रुपियाँ  बराबरको कारोबार भएको थियो ।