काठमाडौं । सर्वोत्तम सिमेन्टले फागुन १३ गतेदेखि सर्वसाधारण प्राथमिक शेयर निष्कासन (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले उद्योग तथा खानी उत्खनन प्रभावित क्षेत्रका बासिन्दाका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात्र अब सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीले स्थानिय बासिन्दाका लागि निष्कासन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्तासहित कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६०.९० रुपियाँका दरले न्यूनतम ५० र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा फागुन १६ गते हुनेछ भने ढिलोमा फागुन २७ गते हुनेछ ।

इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्युअर रेटिङ त्रिपल बी’ प्रदान गरेको छ । यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न मध्यमस्तरको क्षमता रहेको बुझाउँछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड तथा सहनिष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेका छन् ।