हेटौंडा । लामो समयपछि शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५२.२१ अंकले बढेको हो । २.०८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५६६.७९ अंकमा उक्लिएको छ ।

आज २२६ कम्पनीका ५६ लाख १० हजार ६ सय ३१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९ सय ७० रुपियाँ बराबरको कारोबार भएको हो ।

बजारमा उछाल आएको दिन आज अन्य समूह ०.९६ प्रतिशतले घट्यो भने बाँकी समूहमा हरियाली छायो । आज सबैभन्दा बढी जीवन बीमा समूह ३७१.८४ अंकले बढ्यो भने निर्जीवन बीमा समूह २४८.१ र विकसा बैंक समूह २०२.९१ अंकले बढ्यो । आज एउटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । इमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको हो । त्यस्तै माउन्टेन इनर्जीका लगानीकर्ताले सबैभन्दा बढी ३.०८ प्रतिशतले गुमाएका छन् ।

नेप्सेका अनुसार आज अपि पावर कम्पनीको उच्च कारोबार भएको छ । अपिको १६ करोड ६५ लाख २९ हजार ९ सय ६६.६० रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।