काठमाडौँ । ब्रोकरको डाटा सेन्टरमा समस्या देखिएपछि आज शेयर बजार प्रभावित भएको छ । सञ्चालनमा रहेका ३० भन्दा बढी ब्रोकरको टीएमएसमा समस्या देखिएको हो ।

भेन्डर कम्पनीले समस्या पत्ता लगाइसकेको र समस्या समाधान हुने बित्तिकै समय थप गरी कारोबार सुचारु गर्ने तयारी गरेको नेप्सेले जनाएको छ ।

करीब १ बजेतिर समस्या उत्पन्न भई कारोबार रोकिएको हो । त्यतिबेला ०.१५ अंकले मात्रै बढेको थियो, ०.०१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६६८.११ अंकमा उक्लिएपछि कारोबार रोकिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज २२० कम्पनीको २३ लाख ४९ हजार १० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३४ करोड २२ लाख ३२ हजार ८ सय ३९ रुपियाँ बराबरको मात्रै कारोबार भएको हो ।