काठमाडौँ । शिखर इन्स्योरेन्सले आजदेखि हकप्रद शेयर निष्काशन खुला गरेको छ ।

कम्पनीले १०ः३ (१० कित्ता बराबर ३ कित्ता) को अनुपातमा हकप्रद शेयर बिक्री गर्न लागेको हो । हाल कायम चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउने ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपियाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद शेयर निष्काशन खुला गरेको हो ।

धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार चैत्र २१ गतेसम्म हकप्रदमा आवेदन दिन सकिने छ ।