काठमाडौँ । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि बैशाख २८ गते बुधबारदेखि २७ लाख ३० हजार कित्ता आईपीओ निष्काशन खुल्ला गर्ने भएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार उक्त कम्पनीको आईपीओमा लगानीकर्ताले जेठ ४ गतेसम्म आवेदन दिन सक्ने छन् ।

कूल निष्काशनमध्ये ५४ हजार ६ सय कित्ता शेयर कम्पनीको कर्मचारीको लागि र १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् ।