हेटौंडा । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचार नियन्त्रण गर्दै त्यसलाई निमिट्यान्न पार्न सरकार लाग्नुपर्ने बताएका छन । समाजवादी मोर्चाको हेटौँडामा आइतबार भएको सन्देश सभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण र सुशासनको अभियानमा लागेको भन्दै प्रशंसा गरे । “सरकारलाई सुझाव र दबाब दुबै दिनुपर्छ, भ्रष्टाचार मुक्त, विकासको सुरुवात र राष्ट्रिय अखण्डताको पक्षमा मोर्चाले काम गर्छ,” उनले भने ।

“नयाँ यात्रामा अगाडि बढेका छौं, जनताको साथ र आश हामी संग छ, त्यो पुरा गर्न मोर्चा प्रतिवद्ध छ,” उनले भने । गणतन्त्रलाई समाजवादको दिशामा लैजान राष्ट्रियता, लोकतन्त्रको रक्षा र जनताको समृद्धि अपरिहार्य रहेको उनको भनाई छ । उनले देशभक्त शक्तिहरु अब एकै ठाउँमा उभिनुपर्नेमा जोड दिर्दै लोकतन्त्रवादी र समाजवादी दिशमा डो¥याउन मोर्चा अगाडि बढिसकेको स्पष्ट पारे । समाजवादलाई केन्द्रमा राखेर जनताको पीरमर्कालाई अन्त्य गर्न मोर्चा बनाएको उनले बताए ।

विदेशजाने युवालाई नेपालमै कसरी रोक्ने, पढ्दै कमाउँदै नीति अघि सारिएको छ, पढ्दै र काम गर्दै नीतिलाई व्यवहारमा उतार्न यो सरकारलाई चुनौति रहेको बताउँदै उनले सरकारलाई सबैले सहयोग गर्नुपर्ने बताए । शासन, कानून र नीतिमा रहेको कमजोरीलाई सुधार्न आवश्यक हिम्मतका साथ अगाडि बढेर चुनौतिको सामना गर्न सके सफलता हासिल गर्न सकिने उहाँको धारणा छ ।

केन्द्र, प्रदेश र स्थानीयतहमा नेतृत्व गर्ने सबैले इमान्दारिताका साथ काम गर्न सुझाव दिर्दै मिसन समाजवादमा एकतावद्ध भएर अगाडि बढ्न गाउँ–गाउँ, टोल–टोल र वस्तीवस्तीमा मोर्चाको कार्यक्रम लैजान उनले कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।