हेटौंडा । नेपाली काँग्रेस बागमती प्रदेश समिति संगठन विभाग प्रमुखमा रामचन्द्र अर्याल (माईकल) मनोनित भएका छन् । आइतबार काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले माइकललाई संगठन विभाग प्रमुखमा मनोनित गरेको हुन् ।
नेपालीका काँग्रेसको विधानको दफा १३ को उपदफा ६(झ) बमोजिम माईकल संगठन विभाग प्रमुखमा मनोनित भएका हुन् । काँग्रेस मकवानपुरका पूर्व पार्टी सभापति माइकल कांग्रेस महासमिति सदस्यसमेत हुन् ।
त्यसैगरी, सभापति बानियाँले कांग्रेस बागमतीको कार्यसमिति सदस्यमा प्रदीप कोइरालालाई मनोनित गरेका छन् । कांग्रेस मकवानपुरका निवर्तमान प्रवक्तासमेत रहेका उनलाई कांग्रेसको विधानको दफा १३ को उपदफा १० (झ) बमोजिम सदस्यमा मनोनित गरिएको हो ।












प्रतिक्रिया दिनुहोस्