काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन पनि बढेको छ । बजार बढेसँगै कारोबार रकम पनि २ अर्ब नाघेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.१३ अंकले बढेको हो । ०.२४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०६६.०५ अंकमा पुगेको छ ।

आज २६९ कम्पनीका ५५ लाख ३ हजार २१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १५ करोड ६५ लाख ८३ हजार ९ सय ४५.६८ रुपियाँ बराबरको कारोबार भएको छ ।

अभियान लघुवित्तको सबैभन्दा बढी ९.०९ प्रतिशतले शेयर मूल्य बढ्यो भने हिमालयन लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.५३ प्रतिशतले नाफा कमाए ।

आज सोल्टी होटलको उच्च कारोबार भयो । उक्त कम्पनीको १६ करोड ९५ लाख ८२ हजार ६ सय १०.४० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन आइतबार ३८.३७ अंकले बजार घट्दा २ अर्ब ६८ करोड ७१ लख ४८ हजार २ सय ३४.५५ रुपियाँ, सोमबार ३.२१ अंकले बजार घट्दा २ अर्ब ३३ करोड ३५ लाख ७३ हजार २ सय ९७.९८ रुपियाँ, मंगलबार २०.४० अंकले बजार घट्दा १ अर्ब ७३ करोड ७० लाख १४ हजार ४ सय ९९.५६ रुपियाँ र हिजो बुधबार ४१.०६ अंकले बजार घट्दा १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४ सय ६९.६२ रुपियाँ  बराबरको कारोबार भएको थियो ।