हेटाैडा  । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश सरकारले कानून निर्माणको प्रक्रियालाई तीव्रता दिने र संसद पूर्ण क्रियाशील रहेको बताए । विहीबार हेटौँडामा बागमती प्रदेशसभाको छैटौं वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले प्रदेशसभाले आफ्ना आवश्यकता पहिचान गरी आवश्यक परे थप अन्य कानुनहरु निर्माण गरेर अगाडी बन्न आग्रह गरे । उनले विकासको गति केही ढिला भएपनि गन्तव्य पनि सुनिश्चित बताउँदै लामो समयसम्म संसदीय समितिहरु बन्न नसक्नु, कार्यसम्पादनमा अवरोध तथा ढिलासुस्ती हुनु र जिम्मेवारी बोधको अभाव हुनु सुखद संकेत नभएको उनले औल्याए ।

‘उचित समयमा बान्छित परिणाम नपाउँदा विश्वासको संकट र भरोशामा ह्रास आउन सक्ने बताउँदै लामो संघर्ष र बलिदानको परिणाम उपलब्धिलाई कुनै शक्तिले पनि ढाल्न नसक्ने बताए । समग्र उपलब्धीको संरक्षण र संवद्र्धन गर्न सबै मिलेर लाग्नुपर्ने आजको आवश्यकता रहेको उनको भनाई रहेको छ ।

प्रदेशको विकास र समृद्धिको समस्या सरकार र प्रतिपक्षको साझा भएकोले संवाद, सहमती र सहकार्यबाट अघि बढ्न आग्रह गर्नुभयो । ‘प्रदेशसभाले आगामी दिनमा उद्योग व्यवसायको स्थापना र प्रवद्र्धन, विकास र उत्थान गर्नसक्ने नीति तथा कार्यक्रम तर्जुमा गर्न जरुरी छ । सेवाग्राहीहरुको गुनासोलाई उचित सम्बोधन र निराकरण गर्नु अपरिहार्य छ, उनले बताए ।